नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

सोमबार, चैत ३०, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको टोलीले नवलपुरमा स्वागत गरेको छ । भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिएको विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् । नवलपुरका सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्रीसमक्ष यस सम्बन्धमा ज्ञापनपत्र समेत बुझाएको छ । स्थानीयका अनुसार विभिन्न उद्योगबाट निस्किएको दूषित फोहोर पानी खोलामा मिसिँदा त्यसको प्रभावले वन्यजन्तुहरू प्रभावित भएका छन्। सोही पानी सेवनका कारण कैयौँ जनावरहरू मृत भेटिएको गुनासो गरिएको छ । उक्त समस्याबारे जानकारी लिएपछि गृहमन्त्री गुरुङले प्रभावित औद्योगिक क्षेत्रको अवलोकन समेत गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार