रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माण : श्रमदान कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु

सोमबार, जेठ ३१, २०७८

ललितपुर । ललितपुर महानगरको वडा नं २२ मा रहेको रातो मछिन्द्रनाथको मन्दिर निर्माणमा शनिबार भजनमण्डली, महिलासमूहलगायतले श्रमदान गरेका छन् । यो मन्दिर विसं २०७२ को भूकम्पमा भत्किएको थियो । अहिले यो मन्दिर ललितपुर महानगरको पहलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा उपभोक्ता समितिमार्फत पुनर्निर्माण भइरहेको छ । मन्दिरको पहिलो तल्ला निर्माण भइसकेको छ । दोस्रो तल्लाको काम सुरु भएको निर्माण कार्यमा संलग्न श्रमिकले बताए ।श्रमदान कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याल पनि सहभागी थिए । नगरप्रमुख महर्जनले भने, मन्दिर निर्माणका लागि आवश्यक पर्ने बुट्टेदार इँटा ल्याउन समय लागेकोले केही समय लाग्यो । अब काम छिटो अघि बढ्छ ।’ कोभिड महामारीले पनि काममा ढिलो भएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार