सिसि क्यामेराबाट निगरानी बढाउँदै ललितपुर महानगर १४ नं वडा 

ताल्छिखेल क्षेत्रमा सिसि क्यामेरा जडानका लागि जनसहयोग पनि प्राप्त  
मंगलबार, असार २, २०८३

ललितपुर । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले सिसि क्यामेरा जडान गरी समग्र वडाको सुरक्षा निगरानी गर्ने कार्यलाई तीब्रता दिएको छ । चालु आर्थिक वर्षको वडा स्तरीय बजेटमा पनि सिसि क्यामेरा जडानलाई उच्च प्राथमिकता दिँदै रकम छुट्याएर काम भइरहेको छ । 
स्मार्ट सिटीको अवधारण अनुसार  वडाको सुरक्षा तथा डिजिटल सेवासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको वडाअध्यक्ष अमृत जंग महतले जानकारी दिए । यसै सन्दर्भमा ताल्छिखेल दक्षिण पिपल बोट मार्ग आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाउन सिसि क्यामेरा जडानका लागि वडाअध्यक्ष महतको सक्रियता तथा समन्वयमा काम भइरहेको छ । वडाले त्यो क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ थप आवश्यक स्थानमा जडानका लागि जनस्तरको सहयोग प्राप्त भएको वडाअध्यक्ष महलते जानकारी दिए । 
द कलेक्सन रोयल प्रा.लि.का सञ्चालक व्यवसायी केपी शर्माले टोलको सुरक्षामा सहयोग होस् भनेर आफूले एक लाख पचास हजार रुपैयाँ बराबरको सिसि क्यामेरा खरिद गरी उपलब्ध गराएको बताए । नेपालमा स्थापना भएका कम्पनीहरुले पछिल्लो समय सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गर्ने प्रचलन बढिरहेको छ । व्यवसायी शर्माको सिसि क्यमेरडा जडानका लागि सहयोग पनि यसै दायित्वसँग जोडिएको विषय हो । वडाअध्यक्ष महतले ताल्छिखेल क्षेत्रमा वडा कार्यालयले सिसि क्यामेरा जडान गरेको र थप आवश्यक ठाउँमा व्यवसायीले उपलव्ध गराएको क्यामेरा जडान गरिएको बताए ।  
घर, टोल, जिल्ला हुँदै देशैलाई योगदान गर्न सकियोस भनेर आफूले सिसि क्यामेरा जडानका लागि सहयोग गरेको व्यवसायी शर्माले शब्दपाटीलाई जानकारी दिए । सोमबार वडा कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा व्यवसायी शर्माले वडाअध्यक्ष महतमार्फत काम गर्ने कम्पनीका प्रतिनिधिलाई विल भौचर हस्तान्तरण गरे । उक्त कार्यक्रममा वडा सदस्यहरु सहनशीला कार्की, संगिता अछामि, वडा सचिव सुलोचना लुईटेल टोल सुधार अध्यक्ष गम्भीर महत, समाजसेवी सुप्रभात भण्डारीको उपस्थिति रहेको थियो ।   

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार