ललितपुरमा पाँचौ महिला उद्यमी सम्मेलन

महानगरले सम्मानित गर्‍यो १० जना उद्यमी महिलालाई

शनिबार, जेठ ३०, २०८३

ललितपुर । ललितपुर महानगरले १० जना महिला उद्यमीलाई सम्मान गरेको छ ।  महानगरले आयोजना गरेको पाँचौं महिला उद्यमी सम्मेलनमा उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा रेश्मा प्रधान मुल्मी, वडा नं. ३–जुस मण्डला, सरला महर्जन वडा नं.२८–सकल बायो इन्जाइम नेपाल, हिरा मेजु डंगोल वडा नं.२९–खोना पाउँ, रचना बज्राचार्य,वडा नं.१६–आरबी क्रियसन, रजना बज्रचार्य वडा नंं१६ ,पहिरन टेलरिङ  हाउस,टेक माया लिम्बु, वडा नं.१४–पाथिभरा कृषि फर्म सम्मानित भएका छन् । सम्मानित हुनेमा  विष्णु पोरखरेल वडा नं.१८–सिर्जनशिल उत्पादन, कृष्ण कुमारी न्यौपाने,वडा नं.१३ – नारी जागृति कोसेली घर, राममाया (रिना) अवाले, वडा नं.१५ –पियर स्टालिस ब्यूटी होम, प्रमिशा महर्जन, वडा नं.११–लशकुश फेसन हाउस रहेका छन् ।

722910755_1576597057807151_4111042748793076440_n-1781328466.jpg
सम्मानित हुने उद्यमीलाई बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ, महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख तथा महिला उद्यमशीलता विकास सहजीकरण केन्द्रका संयोजक मञ्जली शाक्य बज्राचार्यले सम्मान पत्र प्रदान गरे ।  सम्मेलनमा मन्तव्य राख्दै मन्त्री विन्दु श्रेष्ठले आफ्नो मन्त्रालयले महिला उद्यमीलाई प्रोत्साहित गर्न ल्याउन लागेको योजना र कार्यक्रममा बारेमा जानकारी दिइन् । महानगर प्रमुख चिरीबाबु मर्हजनले उद्यमी महिलालाई प्रोत्साहित गर्न महानगरले यो सम्मेलन आयोजना गरेको बताए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यमी महिलाको अप्ठ्यारो, असहजताबारे महानगर जानकार भएको बताउँदै ती अप्ठ्यारा र असहजतालाई चिर्न आफूले सक्दो प्रयास गरेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महिलाहरु आफ्नो जिम्मेवारी निर्वाह गर्न अब्बल गरेको बताउँदै उद्यमले व्यक्तिमा आत्मविश्वास बढाउने बताइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख सरिता महर्जनले महिला उद्यमशीलता र सहजीकरण केन्द्रको कार्यक्रम तथा प्रगतिका बारेमा प्रस्तुतिकरण गरेकी थिइन् । सम्मानितका तर्फबाट  सकल बायो इन्जाइम नेपालका सरला महर्जनले महिला उद्यमीका लागि विशेष व्यवस्था र प्रोत्साहन आवश्यक भएको भन्दै प्रत्येक वर्ष आयोजना गरिने यो सम्मेलनले उर्जा थपेको बताइन् । 

719519755_1576596337807223_8227615192344684092_n-1781328463.jpg
 उद्यमको नाम र उत्पादन
१.  जुस मण्डला–ताजा फलफूल तथा सागसब्जीको जुस 
२.  सकल बायो इन्जाइम नेपाल बायो–इन्जाइमा आधारित सरसफाइका उत्पादन 
३.  खोना पाउँ – लप्सी अचार पाउँ तितौरा  
४.  आरबी क्रियसन–हर्बल साबुन तथा हर्बल सौन्दर्य श्रृंगारका प्रशाधन  
५.  पहिरन टेलरिङ  हाउस–टेलरिङ सम्बन्धी उद्यम 
६.  पाथिभरा कृषि फर्म–जैविक कृषि सोलार डाइडग र प्याकेजिड 
७.  सिर्जनशीलत उत्पादन–सरसफाई सामग्री उत्पादन 
८.  नारी जागृति कोसेली घर–अचार, फुरन्दान, धुप उत्पादन 
९.  पियर स्टाइलिस ब्युटी होम, ब्युटी होम सेवा  
१०. लशकुश फेसन हाउस–टेलरिड सम्बन्धी 

720417664_1576596504473873_3267488537368397833_n-1781328463.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार