समय अगावै जहाज उडाउँदा यतिका यात्रु छुटे, बाँके प्रशासन लेख्यो कारबाही पत्र 

यति एयरको बेतिथि
मंगलबार, वैशाख २७, २०७९

जुम्ला, २७ वैशाख   । नेपालगन्जदेखि जुम्ला मा आउने यति एयरलाइन्सको जहाज समय अगावै उडाउँदा यात्रु छुटेका छन् । जुम्लाका लागि नेपालगन्जबाट अनलाइन टिकट काटेर बसेका चन्दननाथ नगरपालिका-७ जुम्ला  निवासी गोविन्दबहादुर महतले छुटेका हुन् । 

उनी अनलाइन टिकट काटेर  नेपाल नेपालगन्जबाटको काउण्टरमा पुगेका थिए । उनले काटेको जहाजको टिकटमा एक बजे समय तोकिएको थियो । तर, जहाज समय अगावै जुम्ला उडाइएको भन्दै बाँके प्रशासनमा निवेदन दिएका थिए । उनले दिएको निवेदनको सुनुवाइ गर्दै बाँके प्रशासनले कारबाही गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र काटेको गरेको छ ।  

बाँके जिल्ला प्रशासनले नागरिक उड्डयन प्राधिकरण नेपालगन्जलाई मंगलबार आवश्यक कारबाही गर्नभन्दै पठाएको पत्र काटेको हो । उक्त पत्रमा भनिएको चन्दननाथ नगरपालिका- ७ जुम्ला बस्ने गोविन्दबहादुर महतले दिएको निवेदनको दर्ता नम्बर ३८६७ मिति २०७८ वैशाख २७ मा जहाजको टिकटलगायत कागजातको छायाप्रति यसैसाथ संलग्न गरी आवश्यक कारबाहीको लागि पठाइएको भन्दै आदेश गरिएको छ । 

त्यस्तै निवेदक महतले आफू काठमाडौंबाट नेपालगन्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोडिङसमेत गरिसकेको अवस्थामा समय अगावै जहाज उडेको भन्दै उनले कारबाहीका लागि निवेदन दिएका छन् ।टिकटमा एक बजेको समय दिइएको भए पनि जहाज समय अगावै उडेको उनले बताएका छन् । Avatar

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार