लमजुङको एक मात्र विद्यालयमा भूकम्प मापनयन्त्र जडान

सोमबार, माघ ३, २०७८

लमजुङ, ३ माघ  । लमजुङको बेसीसहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । बालकल्याण सिस्मोमिटर जडान गर्नेे जिल्लाको पहिलो विद्यालय हो । स्विजरल्यान्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेकोमा उक्त विद्यालय पनि छनोट भएको हो । साे यन्त्रले एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्नेछ । स्विटजरल्यान्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपानेले बताए । नेपालका २३ विद्यालयमा यस्ता उपकरण जडान गरिने उनले बताए । 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार