योजना तथा प्रतिवद्धताको ८१ प्रतिशत काम सम्पन्न : गजेन्द्र महर्जन (भिडियोसहित)

बिहीबार, पुस २९, २०७८

 

चापागाउँ (ललितपुर), २९ पुस । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कोरोना कहर खेप्नु परे पनि नगरपालिकाले तय गरेका योजना, कार्यक्रम र प्रतिबद्धताको ८१ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी  दिएका छन् । गोदावरी नगरपालिकाले बिहीबार आयोजना गरेको हिउँदे अधिवेशनमा मन्तव्य व्यक्त गर्दै उनले भने, ‘बाँकी काम पनि केही सुरु भएका छन्, भने केहीलाई बहुवर्षीय योजनामा राखिएको छ । केहीको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ ।’ 
साँढे चार वर्षको अवधिमा सिमित स्रोत साधन र सीमाभित्र रहेर गोदावरी नगरपालिकाले केही महत्वाकांक्षी योजनाहरू अघि सारेको जानकारी दिँदै उनले भने, ‘नगरपालिकाको नृेतत्वमा संघ र प्रदेश सरकारसँगको समन्वय, सहजिकरण एवं साझेदारीमा विकास परियोजनाहरू अघि बढेका छन् ।’
समस्या र चुनौतीका बीच  जनप्रतिनिधिहरूको साझा अठोट, दलबीच समझदारी र सहकार्य, कर्मचारीहरूको लगनशीलता, सुशासन कायम गर्ने प्रतिबद्धता, निजी क्षेत्रको सहयोग, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको विकास प्रक्रियामा सहभागिताले यो सफलता मिलेको नगर प्रमुख महर्जनले बताए । 
उनले भने, ‘धार्मिक, सांस्कृतिक र पर्यटकीय विविधता युक्त अथाह संभावना बोकेको यो नगरलाई सुन्दर र बस्न योग्य सहर बनाउन संभव छ । यो अभियानलाई  सफल बनाउन सहमति, सहकार्य, सहअस्तित्वको भाव सहित भएका निर्णयको कार्यान्वयन पक्षलाई बलियो बनाउन अत्यावश्यक छ । तब मात्रै हामी याक्ट फर इम्प्याक्टमा सफल हुन्छौं ।’
‘कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरी नगरलाई समृद्ध बनाउने हाम्रो रहर’ भन्ने मूल नारालाई आत्मसात गर्दै नगरवासीका दुःख र सुखको साथी र साक्षी बनेको  उनले भने, ‘ कारी चारवटा नीति तथा कार्यक्रम र बजेट सफलतापूर्वक सम्पन्न भएको छ । अहिले हामी नगरपालिकाको नवौं नगरसभाले पारित गरेको आर्थिक वर्ष २०७८-२०७९को बजेट तथा कार्यक्रमको कार्यान्वयन गरिरहेका छौं ।’ 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार