पाल्पाली साहित्यकारहरुले गठन गरे आख्यान चौतारी

शनिबार, मंसिर २५, २०७८

काठमाडौं । पाल्पाली साहित्य अनुरागीहरुको अगुवाईमा आख्यान चौतारी गठन गरेका छन् । आख्यान चौतारीलाई सबैको साझा बनाउने साहित्यअनुरागीहरुले बताएका छन् । चौतारी संचालनको लागि सल्लहकारदेखि सदस्य सम्मको टीम गठन गरिएको छ । सल्हाकारमा शंकर गैरे, पुष्कर अथक रेग्मी, शान्ता शाक्य रहेका छन् । एड्मिनहरुमा सीता बिष्ट कार्की ,नारायण कोइराला , गोमविक्रम ,गणेश नेपाली तथा सदस्यमा कमला देवकोटा, शोभा गौतम,जनक कार्की र बिपिन आचार्य रहेका छन् । 
कुनैपनि साहित्य समाजको पार्दर्शी ऐना हो यसबाट समाजको बस्तुस्थिती, परिवेश , घटनाक्रम छर्लङ्ग देख्न सकिने चौतारीको विश्वास छ । 
नेपाली साहित्यकाको विधाहरुमा आख्यान विधा महत्वपुर्ण विधा भएकोले आख्यानको माध्यमबाट नेपाली भाषा साहित्य कला संस्कृतिको श्रीवृद्धि गर्ने उद्देश्यका साथ हामी पाल्पाली साहित्यकारहरुको केहि समूहले  आख्यान चौतारीको परिकल्पना गरेका हौ , यो एउटा हरियो खाली चौर हो जस्मा सर्जकहरुले अक्षरहरु रोप्नेछ्न आख्यानको माध्यमबाट चौतारीका एड्मिन मध्येका एक जना साहित्यकार नारायण कोइरालाले जानकारी दिएका छन् । आख्यान चौतारीमा निबन्ध , प्रबन्ध ,कथा , छोटा कथा ,लघुकथा , समिक्षा  , पाठक प्रतिक्रिया ,संस्मरण , यात्रा संस्मरण,  लघुनाटक आदि आख्यानका विविध स्वरुपहरु पोस्ट गर्न सकिनेछ कोइरालाले जानकारी दिए । आख्यान बाहेक अन्य विधाका सृजनाहरु पोस्टलाई स्थान दिइने छैन । 
आशा छ यो हाम्रो परिकल्पना साहित्यको  अलिकति  भएपनि शुन्दर बिहानको झुल्केघाम बनेर नेपाली साहित्यको श्रीवृद्वीको संभावनाको पाइला बन्नेछ कोइरालाले भनेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार