सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सिर्जु शाहको उपन्यायस ‘बैकिनी’ आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । दैलेखकी शाहको यो पहिलो उपन्यास हो । शाहले समग्र कर्णालीमा महिलाका कथालाई उपन्यायसमार्फत एक विद्रोह गरेकी छिन् । साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी, टीकाराम यात्रीलगायतले सामूहिक रूपमा उपन्यास विमोचन गरे । उपन्यास अक्षर आँगन प्रकाशन गृहले प्रकाशित गरेको हो । पर्यटन बोर्डको हलमा आया्जित विमोचन कार्यक्रमपछि उक्त उपन्यासमाथि विमर्श पनि गरिएको थियो । पत्रकार टीकाराम यात्रीको सहजीकरणमा साहित्यकार कृष्ण धरावासी र समालोचक उमा सुवेदीसँगै उपन्यासकी लेखक शाहबीच उपन्यासका विभिन्न आयमबारे विमर्श भयो । उपन्यासको भूमिकासमेत लेखेका साहित्यकार धरावासीले आफूले यो तहको महिलाको पीडाबारे कल्पनासमेत नगरेको उल्लेख गरे । उनले शाहको पहिलो कृति भए पनि लेखन, भाषा र कथानकका दृष्टिले उपन्यास राम्रो रहेको बताए । उनले सबैले सुनेको कर्णालीभन्दा यो उपन्यासले कर्णालीलाई एक फरक पहिचान दिनसक्ने बताए । समालोचक उमा सुवेदीले स्वरैकल्पनामा लेखिएको यो उपन्यासमा यर्थाततालाई पनि सन्तुलनमा राखिएको बताइन् । उनले महिलाकेन्द्रित यो उपन्यासले महिलाका संघर्षबारे नयाँ आयाम देखाएको बताइने । उनले खास गरी यो उपन्यास राज्यका नीति निर्माण तहका बसेका व्यक्तिले पढ्नुपर्नेसमेत उल्लेख गरिन् । लेखक शाहले आफूले जागिरे जीवनमा भेट भएका महिलाहरूको अवस्था देखेर यो उपन्यास लेख्ने सोँच बनाएको उल्लेख गरिन् । उनले आफूले उपन्यासका माध्यमबाट अहिले पनि महिलाले कस्तो संघर्ष गर्नुपरेको छ भन्ने देखाउन खोजेको बताइन् । बैकिनी कर्णालीको आञ्चलिक शब्द हो । जसको अर्थ तरुनी भन्ने हुन्छ । यो उपन्यास विभिन्न संघर्षमा उत्रिएका महिला पात्रकेन्द्रित छ ।