आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ ?

बुधबार, मंसिर ८, २०७८

काठमाडौं, ८ मंसिर : नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

राति देशका पहाडी भूभागमा बदली रहनेछ ।  बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार