विश्वमा आजः बेलुनमा उडेर आन्द्र महासागर पारदेखि आवाजभन्दा चाँडो उड्ने पहिलो चालक

बिहीबार, असोज २८, २०७८

आज १४अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

इजरेल र प्यालेस्टिनी नेतालाई नोबेल शान्ति पुरस्कार 
सन् १९९४ मा नर्वेको नोबेल कमिटीले इजरेलका दुई जना र एक प्यालेस्टिनीलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरेको थियो । इजरेली प्रधानमन्त्री इत्ज्याक रबिन र विदेश मन्त्री सिमोन पेरेज तथा प्यालेस्टिनी नेता यासेर अराफातलाई संयुक्त रूपमा सो पुरस्कार प्रदान गरिएको थियो । इजरेल र प्यालेस्टेनबीचको युद्ध अन्त्य गर्न उनीहरुले गरेको पहलस्वरुप सो पुरस्कार प्रदान गरिएको थियो । 

बेलुनमा उडेर आन्द्र महासागर 
सन् १८९४ मा अमेरिकी वायु सेनाका सदस्य जोसेप किटिंगर बेलुनमा उडेर आन्द्र महासागरको यात्रा सुरु गरेका थिए । चार दिनपछि उनी आन्द्र महासागर पार गरेका थिए । उनी चढेको बेलुनलाई ‘बेलुन अफ पिस’ नाम दिइएको छ । 

आवाजभन्दा चाँडो उड्ने पहिलो चालक
सन् १९४७ मा अमेरिकी वायु फौज चालक चुक यिगरले ४५ हजार फिटको उचाइमा बेल एक्स–१ विमान तीब्र गतिमा उडाएका थिए । उनको विमान आवाजभन्दा चाँडो उडेको थियो । 

खानी दुर्घटनामा ४४० बेलायतीको मृत्यु
सन् १९१३ मा बेलायतको वेल्सस्ति सेंगहेनयादमा एउटा खानीभित्र बिस्फोट हुँदा ४४० बेलायतीको मृत्यु भएको थियो । सो बिस्फोट बेलायतको इतिहासमै डरलाग्दा दुर्घटनाहरूमध्येको एक हो । 

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार