सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्यान्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन त्यहाँ रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो । सो भेटवार्तामा अर्थमन्त्री डा। वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरू अगाडि बढाउन स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरे । विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न आपत्कालीन अनुदानको शीघ्र स्वीकृति र हार्दिक ऐक्यबद्धताका लागि मन्त्री वाग्लेले एसियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरे । अर्थमन्त्री डा। वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए । छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।