संसारभर आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस 

बुधबार, असोज २७, २०७८

काठमाडौं । आज १३ अक्टोबर अर्थात् विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । आज संसारभर विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइँदै छ । सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जनचेतना अभिवृद्धिका लागि यस दिवसको सुरुवात गरेको थियो । विश्वभर वर्षेनी प्रकृतिक प्रकोपकै कारण लाखौंले ज्यान गुमाउने गरेका छन् भने अबौं डलर बराबरको भौतीक क्षती हुने गरेको छ । प्रकृतिक विपत्तिलाई हामीले रोकन नसकेपनि यसबाट हुने क्षतिलाई भने कमगर्न सकिन्छ ।  कतीपय प्रकृतिक विपत्ति मानिसकै लापरबाहिले पनि निम्तिने भएकाले त्यसतर्फ पनि हामी सजग हुन जरुरी छ । समुद्र तथा नदी छेउछाउ कुनै पनि संरचना बनाउँदा सम्भावीत विपत्तिलाई ध्यानमा राखेर बनाउँदा प्रकृतिक विपत्तिबाट हामी बच्नसक्छौँ । सहरीकण गर्दा लामो समयसम्मको लागि स्थायीत्व हुने गरी संरचना बनाउँदा पनि धेरैहदसम्म प्रकृतिक प्रकोपको क्षतिलाई कम गर्न सकिन्छ । २०७२ सालको भूकम्पमा पनि यीने कुरालाई ध्यान नदिँदा हामीले धेरै क्षति बेहोर्नु परेको थियो । त्यस्तै सन् २०११ मा जापानमा गएको भूकम्प तथा सुनामीका कारण समुद्रछेउका बस्तिमा धेरै क्षति भएको थियो ।  प्राकृृतिक प्रकोप एउटा निरन्तरको प्रकृया भएकोले यसलाई हामी केही गर्न सक्दैनौँ तर, हुनसक्ने प्रकोपबाट भने कसरी बच्न सकिन्छ भनेर अगाडीनै सतर्कता अपनाउन सकिन्छ । पछिल्लो समय संसारभर बढीरहेको अव्यवस्थीत सहरीकरणले मानव अस्तिवलाई संकटमा पारेको छ । यदी बेलैमा सबै जना यसप्रति सजग नहुने हो भने मानव सभ्यताले ठूलै क्षति बेहोर्नुपर्ने निश्चित छ । 

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार