५५ वर्षमै अनिवार्य अवकाशको प्रस्तावसहित संघीय निजामती विधेयक संसदमा

बिहीबार, असोज १५, २०८३

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको संघीय निजामती सेवा विधेयक संसदमा पुगेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक दर्ताका लागि प्रतिनिधि सभामा पेश गरेकी हुन् । विधेयकमा कर्मचारीले ५५ वर्ष उमेर पूरा गरेमा वा ३० वर्ष सेवा अवधि पुगेमा अनिवार्य अवकाश पाउने व्यवस्था प्रस्ताव गरिएको छ । मन्त्रालयका अनुसार ५५ वर्षको उमेरमा अनिवार्य अवकाश पाउने कर्मचारीका लागि पेन्सन प्रयोजनमा ५८ वर्ष सेवा गरेको मानिने व्यवस्था समेत विधेयकमा प्रस्ताव गरिएको छ । त्यस्तै, सरकारी सेवाबाट राजीनामा दिएर वा अवकाश पाएपछि अन्य सरकारी नियुक्ति लिनुअघि दुई वर्षको ‘कुलिङ पिरियड’ अनिवार्य गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ । संघीय निजामती सेवाको सञ्चालन, कर्मचारीको अवकाश तथा अवकाशपछिको नियुक्तिलगायत विषयलाई व्यवस्थित गर्ने उद्देश्यले विधेयक अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार