पुस्तकालयद्वारा बडिखेलका बिपन्नलाई राहत बितरण 

मंगलबार, असोज २६, २०७८

ललितपुर। गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रले कोभिड रेस्पोन्स कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका ४ बडिखेलका १सय दुई जना अति बिपन्न नागरिकलाई राहत सामग्री वितरण गरेको छ ।
शान्ति भोलिएन्टर एसोसिएसन एसएभी जापान र रिड नेपालको सहयोगमा २५ के जी चामल ,२ किलो दाल, २ पाकेट नुन, १ लिटर सनफ्लावर तेल, ३ थान नुहाउने साबुन, ३ थान लुगा धुने साबुनको प्याकेज सहितको राहत सामग्री बितरण गरिएको हो । 
साथै स्थानीय कोभिड प्रभावित, एकल महिला, अपाङ्गता भएका ब्यक्ति, गर्भवती, सुत्केरी तथा सहारा बिहीन जेष्ठ नागरिक १२१ जनालाई १ क्रेट अण्डा÷हर्लिक्सका साथमा १ पाकेट मास्क तथा सेनिटाईजर पनि वितरण गरिएको थियो । 
कार्यक्रममा मेयर गजेन्द्र महर्जनले पुस्तकालयले व्यक्तिको  बौद्धिक स्तरलाई बलियो बनाउने बताउँदै पुस्तकालय मार्फत प्रदान गरिने सेवामा निरन्तर सहयोग गर्ने बताए । उपप्रमुख मुना अधिकारीले दशैँको मुखमा बिपन्नलाई यो राहतले आहतमा मलम लगाएको बताइन् । वडा सदस्य हरिकृष्ण पहरीले राहत उपलब्ध गराएकोमा पुस्तकालयलाई धन्यवाद दिए । पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीले दाता संस्था, समन्वयकारी संस्था तथा नगरपालिकालाई पुस्तकालय भवन निर्माण तथा कार्यक्रम संचालनमा सहयोग गरेकोमा धन्यवाद दिए ।  उनले पुस्तकालयबाट सकेसम्म बढी सेवा लिन स्थानीयलाई अनुरोध गरे । १० हजार पुस्तकहरु, श्रब्यदृश्य कक्ष, संगीत कक्ष, बाल कक्ष, महिला कक्ष, आइसिटी कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष समेत रहेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार