Tihar Banner
Tihar Banner

एनपीएल : सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

मंगलबार, कात्तिक २४, २०८३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत अहिले सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेकोमा २० ओभरमा ९ विकेटको क्षतिमा १२० रन बनायो ।  जसमा ब्रेन्डम म्याकुलमले ३३,थरिन्द रतनायिकेले २७ रन बनाए । जनकपुरका लागि कप्तान हर्मित सिंहले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम र हर्मित सिंहको कप्तानीमा जनकपुर मैदान उत्रनेछ । प्लेअफमा पुग्ने सम्भावना जीवित राख्न दुबै टोलीलाई यो खेल महत्त्वपूर्ण छ । पाँच खेबाट ६ अंकसहित सुदूरपश्चिम तेस्रो र समान ५ खेलबाटै ४ अंकमात्रै जोडेको जनकपुर पाचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार