Tihar Banner
Tihar Banner

प्रचण्डद्वारा फाल्गुनन्दको जन्मजयन्तीमा शुभकामना व्यक्त

बुधबार, कात्तिक २५, २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली तथा किरात धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले सत्य, अहिंसा, शान्ति र सामाजिक सद्भावका प्रवद्र्धक महागुरु फाल्गुनन्दको समाज सुधार, कुरीति र कुसंस्कारको अन्त्य तथा भाषा, संस्कृति र पहिचानको संरक्षणमा पु¥याएको योगदान सधैँ प्रेरणादायी रहने बताएका छन् । महागुरुका विचार र आदर्शलाई आत्मसात् गर्दै सामाजिक एकता, सद्भाव र समुन्नत समाज निर्माणमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत उनले गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार