महिला मौनताले बोलेको मैथिली लघुचलचित्रः ‘द साइलेन्ट पायर’

बुधबार, कात्तिक ११, २०८३

मैथिली सिनेमामा यस्ता चलचित्रहरूको संख्या निकै कम छ, जसले मनोरञ्जनको परिधिभन्दा माथि उठेर मानवीय संवेदना र सामाजिक यथार्थलाई कलात्मक भाषामा अभिव्यक्त गर्दछन्। युवा निर्देशक नीलेश झाको मैथिली लघुचलचित्र ‘द साइलेंट पायर’ (त्जभ क्ष्भिलत एथचभ) यही श्रेणीको एक उल्लेखनीय लघुचलचित्र हो। यो चलचित्रले एउटा महिलाको जीवनको कथा भन्नुका साथै स्मृति, आघात, महिला–अस्मिता र जीवन–संघर्षको यस्तो व्यथालाई अगाडि ल्याउँछ, जुन शब्दभन्दा बढी मौनतामा व्यक्त हुन्छ ।  जनकपुर निवासी युवा फिल्मकार नीलेश झा, द युनिभर्सिटी अफ क्रिएटिभ आट्र्स, युनाइटेड किंगडमबाट फिल्म मेकिंगमा स्नातकोत्तर शिक्षा प्राप्त गरेका हुन् र हाल लन्डनमा रहेर चलचित्र निर्माणको क्षेत्रमा सक्रिय छन् । विश्व सिनेमाको आधुनिक संवेदना र मिथिलाको सांस्कृतिक चेतनाको प्रभाव उनको यस लघुचलचित्रमा स्पष्ट रूपमा देखिन्छ । यस लघुचलचित्रको कथा गीता नामक एउटी महिलाको जीवनको तीन अवस्थाहरू—वालापन, युवावस्था र प्रौढ अवस्थालाई केन्द्रमा राखेर अगाडि बढ्छ। बाल्यकालमा यौन हिंसाको शिकार भएकी गीताको शरीरमा बनेको घाउ समयसँगै भरिन्छ, तर अन्तर्मनको पीडा कहिल्यै भरिँदैन। त्यही पीडाको प्रभावले उनको सम्पूर्ण जीवनको दिशा निर्धारण गर्छ । युवावस्थामा जब उनी एक शिक्षकप्रति विश्वास र आकर्षणको अनुभूति गर्छिन्, तब उनले भावनात्मक शोषणको सामना गर्नु पर्छ। यस प्रसंगको माध्यमबाट निर्देशकले मगिलाविरुद्धको हिंसा केवल शारीरिक हुँदैन, अपितु भावनात्मक विश्वासघातले पनि उनको व्यक्तित्वमा गहिरो चोट पु¥याउँछ भन्ने कुरा रेखांकित गरेका छन् ।  चलचित्रको सबैभन्दा ठूलो विशेषता यसको प्रतीकात्मक शिल्प हो। पिङ (झुला), घाउका दाग र पायल आदिको सम्पूर्ण पटकथामा बारम्बार उपस्थिति जीवनका अलग–अलग अर्थ उद्घाटित गर्छ। पिङ हराएको बाल्यकालको प्रतीक हो, घाउको दाग जीवनभर साथ रहने स्मृतिको र पायल महिलाको अस्तित्व र उनको सांस्कृतिक पहिचानको प्रतीक हो। निर्देशकले यी प्रतीकहरूको प्रयोग अत्यन्त संयम र कलात्मकताका साथ ’द साइलेण्ट पायर’ मा गरेका छन्, जसले चलचित्रको प्रभावलाई झन् गहिरो बनाउँछ । चलचित्रको छायांकन यसका प्रमुख उपलब्धिहरूमध्ये एक हो। मिथिलाको ग्रामीण परिवेश, बदलिने मौसम, प्राकृतिक छटा र शान्त दृश्य–संयोजनको माध्यमबाट प्रत्येक फ्रेम एउटा सकारात्मक चित्र जस्तै प्रस्तुत छ। संवाद कम छ, तर क्यामेरा र मौनता मिलेर कथा भन्छन्। यस दृश्यात्मक भाषाका कारण चलचित्रले एउटा काव्यात्मक स्वर प्राप्त गरेको छ। चलचित्रको शीर्षक ‘द साइलेण्ट पायर’ पनि अत्यन्त सार्थक छ। यहाँ चिता केवल मृत्युरूप नभई, ती मौन पीडाहरूको रूपक हो, जुन मानिसको अन्तःस्करणमा जीवनभर जलिरहन्छ ।

अभिनयको दृष्टिले पनि यो लघुचलचित्र प्रभावशाली छ। 

अमजद परवेज लगायत सबै कलाकारले केन्द्रिय चरित्र र अन्य पात्रहरूलाई पूर्ण संवेदनशीलताका साथ जीवन्त बनाएका छन्। अभिनयमा कतै पनि बनावटीपन देखिँदैन। पात्रहरूको अनुहार, आँखाको भाषा र उनीहरूको मौनताको माध्यमबाट भावनाहरू सहज रूपमा दर्शकसमक्ष पुग्छन् ।  नेपालको राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित अभिनेता रमेश रञ्जन झा, जो यसका निर्माता पनि हुन, को विशेष उपस्थितिले चलचित्रलाई अतिरिक्त गरिमा र संवेदनात्मक गहिरोपन प्रदान गर्छ ।  सीमित पर्दा–समयमा पनि उनको उपस्थिति दर्शकमाथि स्थायी प्रभाव छाड्छ। युवा निर्देशक नीलेश झाको सबैभन्दा ठूलो सफलता यो हो कि उनी कुनै पनि क्षण भावुकता वा उपदेशात्मकताको सहारा लिँदैनन्। उनी दर्शकलाई सोच्ने अवसर दिन्छन् । यही कारण हो, चलचित्र समाप्त भएपछि पनि यसका दृश्य र प्रतीकहरू धेरै समयसम्म मनमा बसिरहन्छन्। प्राविधिक पक्षमा सम्पादन, ध्वनि संयोजन र पाश्र्वसंगीत पनि कथाअनुरूप सन्तुलित र प्रभावकारी छन् । उल्लेखनीय छ कि ‘द साइलेंट पायर’ को प्रदर्शन अहिलेसम्म कैयौँ महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र उत्सवहरूमा भइसकेको छ। यो उपलब्धि केवल एउटा चलचित्रको सफलता मात्र होइन, अपितु मैथिली भाषामे बनिरहेको गम्भीर र कलात्मक सिनेमाको बढ्दो वैश्विक पहिचानको संकेत पनि हो। समग्रमा ‘द साइलेंट पायर’ यस्तो लघुचलचित्र हो, जसले दर्शकलाई केवल कथा सुनाउँदैन, अपितु अन्तर्मनसम्म स्पर्श गर्छ। यो महिला जीवनको आन्तरिक पीडा, स्मृतिको बोझ र जीवनको अदम्य जिजीविषाको एक मर्मस्पर्शी सिनेमाई दस्तावेज हो। नीलेश झा आफ्नो यस कृतिको माध्यमबाट सिनेमा तब मात्र सबैभन्दा प्रभावशाली हुन्छ, जब यसले हल्ला होइन, अपितु मौनतको माध्यमबाट मानिसको संवेदनालाई अभिव्यक्त गर्छ भन्ने कुरा सिद्ध गरेका छन्। मैथिली सिनेमाको विकास–यात्रामा ‘द साइलेण्ट पायर’ निःसंदेह एक महत्त्वपूर्ण र स्मरणीय उपलब्धि हो ।

(लेखक किसलय भारतका चर्चित चलचित्र समीक्षक र मैथिली तथा हिन्दी भाषाका प्रसिद्ध लेखक÷साहित्यकार हुन ।)

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार