सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत २७, रातोबक्तीमा १८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७६, हर्न निषेधमा ११, लेन त्रसमा १३, अवस्था ठिक नभएको ९, एकतर्फीमा ९ र अन्यमा ३९६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।