सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका (सामाजिक विकास महाशाखा, जनस्वास्थ्य शाखा) को आयोजना तथा द प्यानडेमिक फण्ड, युनिसेफ र पीएचआरडी नेपालको सहकार्यमा आज सोमबार ललितपुर महानगरपालिका वडा नं. २७ मा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी समुदायका सरोकारवालाहरूका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जनको प्रमुख आतिथ्यमा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा महानगरका फोकल पर्सन गोपाल महर्जन, सुनाकोठी स्वास्थ्य चौकीका इन्चार्ज डिल्लीराम श्रेष्ठ, सुनाकोठी स्वास्थ्य चौकीकी सिनियर अनामी ललिता पौडेल, सुभास लामिछानेले प्रस्तुतिकरण दिएका थिए । प्रस्तुतिकरणमा समुदायमा आधारित रोग निगरानी प्रणालीबा बारेमा स्वास्थ्यकर्मी, समुदायमा बसेबास गर्ने सरोकारवाला निकायको भूमिका बारेमा अवगत गराइएको थियो । अभिमुखीकरण कार्यक्रममा वडाध्यक्ष कृष्णहरि महर्जनले आफू निर्वाचित भएर आएदेखि नै स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै कदम चालिएको जानकारी दिँदै पछिल्लो समय सुनाकोठी स्वास्थ्य चौकीमा निःशुल्क डाक्टर सेवा, निःशुल्क थेरापी सेवा तथा निःशुल्क ल्याब परीक्षण सेवा प्रदान गरिएको बताए । अभिमुखीकरण कार्यक्रममा वडा नं. २७ का वडा सदस्य रामदेवी महर्जन, वडासचिव देवेन्द्र लेखी, वडा नं. २७ मा रहेका विद्यालयका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका, टिएचपी, स्वास्थ्य चौकीका कर्मचारीसहित सरोकारवालाको सहभागिता रहेको थियो ।