सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडाले वडामा क्रियाशील महिला समूहहरूलाई सम्मान गरेको छ । २३ नं. वडा कार्यालयले आज आइतबार धापाखेलमा आयोजना गरेको एक कार्यक्रमका बीच प्रत्येक महिला समूहहरूलाई एक–एक थान स्पिकर र प्रमाणपत्रसहित सम्मान गरेको हो । महिला समूहहरूले उत्पादन गरेका सामानहरूको बजारिकरण, व्यवस्थापन र स्टल प्रदर्शनसहित प्रतिभा प्रस्तुतिकरण कार्यक्रम आयोजना गरी वडा कार्यालयले महिला समूहहरूलाई सम्मान गरेको हो । महिला समूहहरूलाई वडाअध्यक्ष जीवन महर्जन प्रमाणपत्र प्रदान गर्नुका साथै स्पिकरण हस्तान्तरण गरे । २३ नं. वडामा २० वटा महिला समूह क्रियाशील छन् । महिला समूहलाई सम्मान कार्यक्रममा वडा सदस्यहरू किरण खड्का, राजन मल्ल ठकुरी, वडासचिव हुमनाथ पौडेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममै सन्दर्भमा ‘क्लासिक मिसेस एसिया इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व गरी उपाधि जित्न सफल रोजी श्रेष्ठ तथा गंगा न्यौपानेलाई पनि सम्मान गरिएको थियो । वडाअध्यक्ष महर्जनले उपाधि विजेत दुवै जनालई मायाको चिनोसहित सम्मान गरेका हुन् । कार्यक्रममा महिला समूहहरूले उत्पादन गरेका सामाग्रीहरू प्रदर्शन गरिएको थियो ।