Tihar Banner
Tihar Banner

ललितपुर महानगर २७ नं. वडा सुनाकोठीमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

आइतबार, कात्तिक २२, २०८३

सुनाकोठी ( ललितपुर) ।  ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठीस्थित व्याडमिन्टन कभर्ड हलमा शनिबारदेखि सुरु भएको चौथो आन्तरिक व्याडमिन्टर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वस्थ्य जीवनका लागि निरन्तर ब्यायाम’ स्लोगान दिएर नेपालीहरूको महान चाड शुभ दीपावली, नेपाल सम्वत् ११४७ (न्हुँदय) तथा छठ पर्व २०८३ को शुभ अवसरमा सुनाकोठी ब्याडमिन्टन क्लबले दुई दिने प्रतियोगिता आयोजनामा गरेको हो ।  ललितपुर महानगरपालिका २७ नं. वडाको मुख्य प्रायोजनमा आयोजित उक्त प्रतियोगितामा सुनाकोठी ब्याडमिन्टन क्लबमा आवद्ध ४८ खेलाडीको सहभागिता रहेको थियो ।  हिजो कात्तिक २१ गते शनिबार प्रतियोगिताको पहिलो दिनका खेल भएका थिए ।  प्रतियोगिताको दोस्रो दिन आज आइतबार सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भएका थिए ।  उक्त प्रतियोगिताको विजेता टोलीले १५ हजार नगदसहित ट्रफि प्राप्त गरेका छन् ।

_MG_6789-1794147359.jpg
प्रतियोगितामा द्धितीय हुने टोलीले १० हजार र तृतीय हुने टोलीले ६ हजार नगदसहित ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत समूह ‘ए’ बाट रविन्द्र महर्जन र दिपक दाहालको जोडी प्रथम भएको छ । यस्तै गोपाल आले र सुमन महर्जनको जोडी द्धितिय तथा अनिल महर्जन र रवि महर्जनको जोडी तृतीय भएको छ ।  यस्तै समूह ‘बी’ तर्फ दिनेश तथा नकुल बस्नेतको जोडी प्रथम, जयराम महर्जन तथा हिरा महर्जनको जोडी द्धितिय तथा राजकाजी महर्जन र महेश महर्जनको जोडी तृतीय भएको छ ।  वडा नं. २७ का अध्यक्ष कृष्णहरि महर्जनले कभर्ड हलमै आयोजित एक कार्यक्रमका बीच पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा वडासदस्यहरू रामदेवी महर्जन, निरोज महर्जन, श्यामकृष्ण महर्जनको उपस्थिति रहेको थियो । आइतबार भएको सेमिफाइनल तथा फाइनल खेलका विजेता खेलाडीलाई वडाअध्यक्ष कृष्णहरि महर्जन, वडा सदस्य रामदेवी महर्जनले शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा वडा सदस्य श्यामकृष्ण महर्जनको पनि उपस्थिति रहेको थियो ।

IMG_6907-1794147355.jpg
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व सांसद दिनेश महर्जनले खेलाडीलाई अनुशासित भएर खेल प्रदर्शन गर्न सुझाव दिए । कार्यक्रममा वडाअध्यक्ष, वडा सदस्य, पत्रकार तथा प्रतियोगिता आयोजनका लागि खटिने महानुभावहरूले ब्याडमिन्टन क्लबले मायाको चिनो प्रदान गरेको थियो ।  समापन समारोहमा शुभाकामना मन्तव्य राख्दै महिला वडासदस्य रामदेवी महर्जनले प्रतिस्पर्धात्मक खेलमा विजेता खेलाडीलाई यस भन्दा माथिका प्रतियोगितामा सहभागी हुन शुभाकामना दिँदै प्रतियोगितामा महिला सहभागिता बढाउनेतर्फ जोड दिन आह्वान गरिन् ।  वडाअध्यक्ष कृष्णहरि महर्जनले निर्वाचित जनप्रतिनिधिको यो वर्ष कार्यकालको अन्तिम वर्ष भएको जनाउँदै आगामी निर्वाचनबाट आउने वडा नेतृत्वसँग पनि आफूसहित क्लबका पदाधिकारीले यस्ता खेललाई निरन्तरता दिन वडाले छुट्याउने गरेको बजेट कटौती नगर्न आग्रह गर्ने बताए । आफूहरूले वडामा मात्रै सिमित रहेको व्याडमिन्टन प्रतियोगिता महानगरव्यापी बनाउने प्रयास गरे पनि बजेटलगायतका कारणले गर्न नसकेको बताए । 

IMG_7072-1794147355.jpg
 

IMG_7099-1794147620.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार