एनपीएल : काठमाडौंसँग कर्णालीको हार

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमबार भएको पहिलो भएको खेलमा काठमाडौ गोखार्जले पहिलो जित निकालेको छ।  सोमबारको पहिलो खेलमा कर्णाली याक्समाथि ४ विकेटले हराउँदै काठमाडौले दोस्रो खेलम पहिलो जित हात पारेको हो । काठमाडौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । काठमाडौसँगको हारले कर्णालीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । १ सय ८१ रनको लक्ष्य काठमाडौले २ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। काठमाडौका लागि रासिद खानले अर्धशतक पूरा गरे। रासिदले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा हुसैन तलातको बलमा क्याच आउट भए ।  पाचौँ विकेटका लागि रासिद खान र करण केसीले ५५ रनको साझेदारी गरेपछि काठमाडौले जितको आधार तयार पार्‍यो ।  करण २० बलमान ४ चौका र २ छक्का सहयोगमा ४४ रन बनाउँदा सोमपालको बलमा अरिफुलबाट क्याच आउट भए ।  त्यसअघि तेस्रो विकेटका लागि आदिल आलम र रासिदले ५४ रनको साझेदारी गरेपछि काठमाडौ जित उन्मुख भएको थियो ।  आदिलले २० रन बनाउँदा मार्क वाटको बलमा गुल्सन झाबाट क्याच आउट भए ।  १० बलमा ३ चौका सहयोगमा १६ रन बनाएका डेविड वार्नर सोमपाल कामीको बलमा बोल्ड भए। स्मित पटेलले ९ र भिम सार्कीले ५ रन थपे। जनादन खान २२ र सन्तोष यादव ५ रनमा नटआउट रहे । कर्णालीका लागि हुसैन तलात र सोमपालले समान २ विकेट लिए । मार्क वाट र नन्दन यादवले समान एक विकेट लिए ।  त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो ।   ओपनर अरिफुल इस्लाम २२ बलमा ५ चौका र ३ छक्का सहयोगमा ४४ रन बनाउँदा शाहब आलमको बलमा डेविड वार्नरबाट क्याच आउट भए ।  वाट १७ रन बनाउँदा क्याच आउट नै भए । जिसन आलमले ७ र दिपक डुम्रेले ८ रन थप्दै पेभेलियन फर्के ।  पाचौँ विकेटका लागि पवन सर्राफ र तलातले ६५ रनको साझेदारी गरे । हुसैन ३० बलमा १ चौका २ छक्का सहयोगमा ४० रन बनाउँदा जहानदादको बलमा हिट विकेटमा आउट भए ।  १२ बलमा २ छक्का सहयोगमा २० रन बनाएका गुल्सन करण केसीको बलमा रासिद खानको हातबाट क्याच आउट भए । पवन २४ र सोमपाल १ रनमा अविजित रहे ।  काठमाडौका लागि करणले २ विकेट लिए । शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे ।  कर्णालीले तेस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। दोस्रो खेलमा विराटनगर किंग्समाथि ४ विकेटको जित निकालेको थियो ।  आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ ।  सुदूरपश्चिमले लिगमा चौथो खेल खेल्न लागेको हो। २ खेलमा हार र १ खेलमा जित निकालेको सुदूरपश्चिम दोस्रो जितको खोजीमा छ।  पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा भने विराटनगरसँग ३५ रनले पराजित भएको थि यो ।  चितवनले भने एक खेलमा जित निकाल्दा एक खेलमा अंक बाँडेको छ । वहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराएको चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्ससँग वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार