सोसल मिडिया
Contact Us
युनिकोड
नेपालमा पछिल्लो समय मेरुदण्ड र हाडजोर्नी सम्बन्धी समस्याहरु प्रशस्त देखिने गरेका छन् । त्यसमध्ये मेरुदण्डको समस्या जटिल बन्दै गइरहेको छ । यसै सन्दर्भमा काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसमा पुगेर स्पाइन हेल्थ र पेन म्यानेजमेन्ट विशेषज्ञ अर्थात अर्थोपेडिक वा स्पाइन सर्जन डा.सन्तोष कुमार वस्यालसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । के कारणले मेरुदण्डका समस्याहरु देखिन्छन् ? अहिले नेपालमा सबैभन्दा धेरै देखिने मेरुदण्डका समस्या के–के हुन? सुरुमा मान्छेलाई लोअर ब्याक पेनको मात्रै समस्या हुन्थ्यो, अहिले धेरै जनालाई नेक पेन पनि हुने गरेको देखिन्छ । त्यस्तो समस्या ७०–८० प्रतिशतलाई देखिन्छ । हाम्रो प्रोफेशन पनि कस्तो भएको छ भने हामी डिजिटल मिडिया केन्द्रित भएका छौं । हामी हाफ भन्दा कम काम फिजिकल गर्छौं र त्योभन्दा बढी अरु काम कम्प्युटर वा डिजिटल मिडियामा गर्ने गरेका छौं । फोनबाट पनि धेरै काम गर्न सकिन्छ । यस्ता विविध कारणले हाम्रो नेकहरु, पोस्टर्सहरु चेन्ज हुन्छ । हामी घण्टौँ बसेका हुन्छौँ त्यो थाहा हुँदैन । त्यो एक मिनेट जस्तो लाग्छ । त्यस कारणले हामी प्रोपर पोजिसनमा बस्न नसकेको अथवा लङ्ग टर्म एउटै पोजिसनमा बसेका कारणले पनि पोस्टर्सहरुमा समस्या देखिने, नर्मल पोस्टर चेन्ज हुने गरेकाले मेरुदण्डको समस्याहरु देखिन्छ । नेक कसरी हेर्नुभएको छ, कसरी बस्नुभएको छ होइन सिधा बस्नुभएको छ कि छैन भन्ने कुरा प्राथमिकतामा पर्छ । म बस्ने बेलामा मेरो पोस्टर मिलेको छ कि छैन अथवा आफ्नो चेयर पनि राम्रो कन्डिसनको छ कि छैन, जसले प्रोपर फिटनेसमा राख्छ कि राख्दैन भन्ने कुरा जानकारी भयो भने राम्रो हुन्छ । किनकी कर्म त चेन्ज गर्न सकिदैन तर कर्मलाई सहि तरिकाले लैजान सकिन्छ । सुताइको पोजिसनका कारणले पनि स्पेनपेन हुन्छ ? सुताइको अवधी र कारणले पनि हुन्छ । कति समय र कुन पोजिसमा सुत्नुभएको छ भन्ने कुराले पनि अर्थ राख्छ । सामान्यत ६ देखि ८ घन्टासम्म सुत्ने अर्थात उमेर अनुसार मेन्टेन गर्ने हो भने ठिक हुन्छ । अनि हामी पोजेटिभ पनि हुनुपर्छ । सकारात्मक रुपमा काम गर्यो भने वा स्ट्रेस हर्मोनहरु आएन भने वा खानाको सन्तुलन मिलायो भने राम्रो हुन्छ । जङ्क फुडहरुलाई कटअफ गरेर ब्यालेन्स फुडमा गयौं भने लङ्ग टर्मसम्म हेल्दी हुन सक्छौं । लाइफ स्टाइललाई मेन्टेन गर्न सक्यो भने डेफिनेटली लामो समय बाँच्न सक्छौँ, हेल्दी हुन सक्छौँ । बच्चाहरुमा पनि धेरैवटा डिजिजहरु देखिने गर्छ । स्कोलोसिस अर्थात जन्मजात बांगिएर जन्मिने कुरा थाहा नै हुँदैन् । अनि भिटामिन डी कम हुँदै गयो वा आर्थराइटिस अथवा वाथहरु छन् भने त्यसले हड्डीमा असर गर्नसक्छ । जेनेटिक रुपमा आएको बाथहरु छन् भने त्यसले पनि हड्डीको स्पाइनहरुलाई परिवर्तन गर्ने, पोस्टर्सहरु डिफरेन्ट हुने, दुखाई हुने अनि हड्डीको बीचको डिक्सहरु हुन्छ, त्यसलाई डिजनेरेट गर्दै जाने हुन्छ । योङ् भए पनि ओल्ड जस्तो देखिने जस्ता समस्याहरु बच्चाहरुमा पनि हुन्छ । यदि हामीले सुताइलाई मेन्टेन गर्ने हो भने स्पाइन हेल्थ पनि राम्रो हुन्छ । यदी बेडमा म्याट्रेसहरू स्ट्रेट छ, कर्वहरू छैन भने स्पाइन स्ट्रेट हुन्छ । पिल्लोको व्यवस्थापनले पनि विशेष भूमिका खेल्छ । नेकमा हाल्ने छुट्टै किसिमको पिल्लो हुन्छ, त्यसलाई राख्ने गर्नुपर्छ । अहिले सर्भाइकल एक्सटेन्सन, अक्सिजन पिल्लो हाल्यो भने नेकलाई पनि ग्याप हुन दिँदैन । धेरै अग्लो सिरानीमा सुतेको कारणले पनि नेक पेनहरू,स्पाइनको प्रोब्लमहरू देखिन्छ । कुन अवस्थामा औषधि र फिजियोथेरापीले काम गर्छ, र कुन अवस्थामा सर्जरी आवश्यक पछ ? नशा च्यापिएपछि सर्जरी मात्रै भन्ने कन्सेप्ट छ । तर मोडर्न मेसिन डेभलप भइसक्यो । सर्जरी पनि मिनिमल इन्भेसिक सर्जरी भन्ने आएको छ । दुखाई एकदमै छ र कुनै पनि मेडिकेसन रिलिफ भएको छैन भने त्यो कन्डिसनमा एकचोटी एमआरआइ गरेर वा इभ्याल्युट गरेर सर्जरी गर्ने कि केमीकल औषधि प्रयोग गरेर पेनलाई रिलिफ गराउने प्रयास गरिन्छ । त्यो पनि फेल भयो भने सर्जरीमा जान्छौँ । सर्जरीमा किन जान्छौँ भने नशाहरू प्यारालाइज, डिफर्मिटीहरू नहोस भनेर हो । र अर्को एउटा कन्डिसन छ, जुन ट्रमा भयो, लडेर आयो, बोन फ्याक्चर भयो भने सर्जरी गरिन्छ । मुख्य कुरा भनेको बोनलाई आफ्नो ठाउँमा ल्याउनुपर्छ । एक्सट्रिम सर्जरी बाहेक रिजेनेरेटिभ ट्रिटमेन्ट हुन्छ । अनि पिआरपी प्लाज्मा ट्रिटमेन्टहरू, नेचुरोपेथीको ट्रिटमेन्टहरू इन्टिग्रेट गर्छौं । फिजियोथेरापीहरू प्रयोग पनि गर्छौं । अवस्था अनुसार उपचारको विधि अपनाउँछौं । लामो समय कम्प्युटर र मोबाइल चलाउनेहरूले के–कस्तो सावधानी अपनाउनुपर्छ ? मोबाइल त अहिले सबैका लागि जरुरी भइसक्यो । मोबाइल नभए बाँच्न गाह्रो भइसकेको छ । मोबाइल वा कम्प्युटर युज गर्दा बसाइलाई सन्तुलनमा राख्नुपर्छ । चेयरहरूलाई पनि प्रोपर पोजिसनमा राख्नुपर्छ । हेर्ने बेलामा हाम्रो नेक माथि भएर हेर्न सक्यौँ भने लङ टर्म बस्नलाई फाइदा हुन्छ । मोबाइल चलाउने बेलामा हाम्रो नेक तलै हुन्छ । त्यसैले टाइमर मोबाइलमा राखेर एक–एक घण्टामा सचेत हुनुपर्यो अनि रेस्ट गर्र्नुपर्यो । कम्प्युटर र मोबाइल एकसाथ प्रयोग गर्नु छ भने पालो मिलाउनुपर्छ । २४ नै घण्टा काम गरेर म टन्न कमाउँछु भनेर लाग्नु भएन । टाइमलाई डिभाइड गरेर काम गर्नुपर्छ । कामलाई डिभाइड गरियो भने डेफिनेट्ली हेल्दी भइन्छ । डाइटिसियनको पनि हेल्प लिनुपर्छ । मेरुदण्ड ट्युमर भएको बिरामीको उपचार प्रक्रिया कस्तो हुन्छ ? यो कतिको जोमिपूर्ण हुन्छ ? यसका विरामीहरु धेरै डराउनुहुन्छ । ट्युमर भयो कि क्यान्सर भयो कि भन्ने हुन्छ । अब कति मान्छे फेरि एकदमै नराम्रो क्यान्सर, मान्छे मर्न मरेको पनि सुनिन्छ । त्यसका लागि विभिन्न विधिहरु प्रयोग गरेर पत्ता लगाउनुपर्ने हुन्छ । एमआरआई हेरेर, कन्ट्रास्ट एमआरआई ट्यूमरहरु पत्ता लगाउन सकिन्छ । ब्रेनको एमआरआई पनि गर्नुपर्ने हुन्छ । सबै टेस्ट गरेर बल्ल डायग्नोसिसमा पुग्ने गर्छौ । अर्को अनकोलोजी विधि भन्ने पनि हुन्छ । उहाँको पनि हेल्प लिनुपर्ने हुन्छ । किनभने ड्रगहरु चलाउने वा सर्जरीमा जाने, किमोथेरापी गर्ने कि रेडियो थेरापी जाने भन्नेमा प्रष्ट हुनुपर्छ । चिसोमा धेरै मान्छेहरुको हाटखुट्टाको जोर्नीहरु दुख्ने, स्पाइनहरु बढी दुख्ने हुन्छ । तराईमा जानुभयो भने घाम त धेरै ढिलो लाग्छ अनि टेस्ट गरेर हेर्दा भिटामिन डीको कमी देखिएला । यस्ता विभिन्न समस्याहरु देखिन सक्छन् । नेपालमा कति मानिस यस्ता समस्याबाट प्रभावित छन् ? यदि सबैलाई टेस्ट गर्ने हो भने ७० प्रतिशत बढीमा यस्तो समस्या देखिएला । सड्कियो, मर्कियो भने फुक–फाक तिर लाग्नेहरु पनि छन् । मसाज गरौँ भन्नेहरु पनि छन् । ठ्याक्कै उपचारमा गएका हुँदैनन् । नेपालका फरक स्थानका फरक समस्याहरु छन् । यति नै भन्ने डाटा छैन् । लगभग ६० वा ७० प्रतिशत विरामी मेरुदण्ड साथै हाडजोर्नीका छन्