सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । आज (सोमबार) देखि देशभर ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ ‘सरसफाइ सप्ताह’ सुरु भएको छ । सोमबार वीर हस्पिटलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहेताको सहभागितामा सरसफाई कार्यक्रमको औपचारिक उद्घाटन भएको हो । उद्घाटनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले हस्पिटलमा मात्र नभएर देशभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ भनेर लागिपरेको जानकारी दिइन् । ‘यो अभियान एक हप्तासम्म सञ्चालन हुन्छ । हस्पिटलमा मात्र नभएर देशैभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ । घर, बाटो या कार्यालय हरेक स्थानको सरसफाइ कार्यक्रम दिनचर्यामा ल्याउनुपर्छ भनेर लागेको छौं । हामीले सुरुवात चाहीं हस्पिटलबाट गरेको हौं ।’ त्यस्तै उनले वीर हस्पिटलको सरसफाइमा पहिले भन्दा धेरै परिवर्तन पाएको भन्दै अझ धेरै प्रयास गर्ने हस्पिटलको प्रतिबद्धता रहेको बताइन् । उनले बीमाको विषयलाई पनि जोड्दै बीमा पेचिलो बन्दै गइरहेको र जनतामैत्री कसरी बनाउन सकिन्छ भनेर गहन छलफल गरिरहेका बताइन् । सरकारले आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्न लागेको हो ।