संसद् अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मंगलबार, वैशाख २२, २०८३

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस भएको प्रवक्ता सस्मित पोखरेलले बताए । उनका अनुसार दुवै सदको बैठक दिउँसो २ बजे बस्नेछ । सरकारले पठाएको ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै सरकारले संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो । यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार