सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । गएको शनिवार दिउँसो असिना पानीसहित परेको चट्याङ्कले मुगमकामारोङ्क गाँउपालिका वडा नम्बर ९ पापु गाँउका भक्तबहादुर बढुवालका २४ भेडा मर्नुको साथै कृषकहरुले लगाएको बालीनालीलाई ठूलो क्षति पुर्याएको छ । असिना पानीले पाँपु गाउँका ९९ घर परिवारले खेतवारीमा लगाएका तथा भित्र्याउने तरखरमा रहेका जौं, गहुँ, उवा, आलु र फुल खेल्दै गरेका आरु, स्याउ, ओखरलगायतका बालीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक रविराज थपलियाले बताए । थपलियाका अनुसार चट्याङ्गमा परेर भेडापालक भक्त बहादुर बडुवालका २४ भेडा मर्नुका साथै ६ वटा भेडा अझै बेपत्ता भएको जानकारी दिए । थप क्षतिको विवरण आउन बाँकी छ ।