सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा सरकारी कोषबाट व्यहोरेको खर्च फिर्ता गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । रिट निवेदनमा प्रचलित कानुन र जनस्वास्थ्यसम्बन्धी व्यवस्था विपरीत राज्यकोषबाट उपचार खर्च भुक्तानी गरिएको दाबी गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार उक्त विषयमा बिहीबार रिट दर्ता भएको हो । निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति रामचन्द्र पौडेललाई भने विपक्षीका रूपमा समावेश गरिएको छैन । सर्वोच्च अदालतमा दर्ता भएको उक्त निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ ।