सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

बुधबार, कात्तिक २१, २०८१
Global Ime Bank

काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् ।  लामिछानेको पक्राउ विरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ ।  मंगलबार भएको प्रदर्शनका क्रममा निषेधित घेरा तोडेको भन्दै १५ जनालाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्याससमेत प्रहार भएको थियो । झाले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेकाप्रति घोर भर्त्सना गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार