सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको हो । समितिले तोकेको विवरण अनुसार उम्मेदवारी मनोनयन दस्तुर सभापति पदका लागि ४० हजार, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ रहेको छ । यसैगरी, मनोनयन दस्तुर प्रभु बैंकमा रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको खाता नं. ११३००७२६४३६०००२९ मा जम्मा गरी प्राप्त भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, निर्देशिकामा तोकिए बमोजिमको फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र मनोनयन पत्र साथ बुझाउनु पर्नेछ । वारेसमार्फत दर्ता गर्दा वारेसनामा र वारेसको नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ । साथै, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको फोटोकपी पेश गर्नुपर्ने प्रावधान छ ।