प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यक बाहेकका भेटघाट स्थगित

मंगलबार, कात्तिक २०, २०८१
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले हाल बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । 'सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन । उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ,' प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार