आर्थिक वर्ष २०८०-८१ मा महानगरको बेरुजु ०.४ प्रतिशत मात्र

पुँजीगत खर्च ८३.६२ प्रतिशत 
बुधबार, असार २६, २०८१

ललितपुर। आर्थिक वर्ष २०८०-८१ मा महानगरको बेरुजु ०.४ प्रतिशत मात्र रहेको छ । आ.व.२०८१-८२को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा महानगरले असार २४ गतेसम्म चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा कुल खर्च ८३.६२ प्रतिशत रहेको बताएको हो । यसमध्ये पुँजीगत खर्च ८१.३ प्रतिशत रहेको र राजस्व सङ्कलनः ९८.५ प्रतिशत रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए । यो गतवर्षको तुलनामा १५ प्रतिशतले बढी हो । यसमध्ये पुँजीगत तर्फी ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार ( ६३ प्रतिशत) र प्रशासनिक खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ ( ३७ प्रतिशत) रहेको प्रमुख महर्जनको भनाई छ । महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए । यो गतवर्षको तुलनामा १५ प्रतिशतले बढी हो । यसमध्ये पुँजीगत तर्फी ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार ( ६३ प्रतिशत) र प्रशासनिक खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ ( ३७ प्रतिशत) रहेको प्रमुख महर्जनको भनाई छ । महानगर प्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमणमा शून्य सहनशीलता अपनाउँदै सार्वजनिक जग्गाको लगत सङ्कलन गरेको बताए । सिमाङ्कन र संरक्षणका लागि समिति गठन तथा बजेट व्यवस्था गरिएको उनको भनाई थियो । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरलाई हस्तकलाको राजधानी बनाउने तयारी गरेको बताइन । जानकारी दिइन् । त्यसका लागि संघ प्रदेशसँग छलफल भइरहेको जानकारी दिइन् । पत्रकार सम्मेलनमा वितरित पे्रस नोटमा यता सप्तपाताल पोखरी, पलेस्वा पुखु लगायतका आयोजनाहरू द्रुतगतिले प्रगति भइरहेको तथा चक्रपथ धोबीघाटमा अपाङ्गतामैत्री आकाशेपुल निर्माण (साइकल राम्प सहितको आकाशे पुल) भइरहेको उल्लेख छ । नख्खु खोलामा निर्माण भइरहेका तीनवटा पुलमध्ये एउटा पुलको निर्माण सम्पन्न भई समुद्घाटन भइसकेको महानगरले जानकारी दिएको छ । हरिसिद्धि र धापाखेलका बासिन्दालाई आवतजावतमा सहजताका लागि कर्मनाशा नदीमा पुल निर्माण गरिने तथा अपाङ्गतामैत्री फुटपाथ, ट्रान्सपरेन्ट ग्रीन फेन्स, स्मार्ट स्ट्रिट लाइट, हाई मास्ट र सीसीटिभी जडानलाई निरन्तरता दिने महानगरको भनाई छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार