सरकारले फिर्ता बोलायो ११ देशका राजदूतलाई 

यी हुन् मन्त्रिपरिषदका निर्णयहरु
शुक्रबार, जेठ २५, २०८१
Global Ime Bank

काठमाडौं । सरकारले भारतसहित ११ देशका राजदूतहरू फिर्ता बोलाएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबियालगायत ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।  यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुने गरी तय भएको भ्रमणलाई अनुमोदन गरेको छ ।  सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा प्रधानमन्त्रीले सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीको भने टुंगो लाग्न बाँकी छ । बैठकले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गरेको छ । 
त्यस्तै मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सको नयाँ संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने निर्णय गरेको छ भने लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । त्यस्तै बैठकले ५२ वटा रोगहरूलाई संक्रामक रोगमा सूचीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार