एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन शनिबारदेखि 

बिहीबार, जेठ २४, २०८१

काठमाडौं । नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ ।  काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ र २७ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिए ।  उनका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।  २७ गते काठमाडौं बैंक्वेटमा बन्द सत्र हुने छ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको जानकारी उनले दिए ।  उनले भने, ‘हामीले बन्द सत्रबाट नयाँ नेतृत्व छनोटको प्रक्रिया अवलम्बन गर्ने छौ. । त्यतिखेरसम्म हाम्रा प्रतिवेदनहरुमाथि छलफल गरेर पारित गरिसक्ने छौं । यो बन्दसत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरेका छौं ।’ 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार