बजेटमा विश्वसनीयता भएन : गगन थापा

बुधबार, जेठ २३, २०८१
Global Ime Bank

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका हुन् । उनले जे लेखे पनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुँदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको दाबी गरे । उनले बजेटमा लिइएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् । उनले बैदेशिक सहायता ५२ अर्ब आउँछ भनेर बजेटमा उल्लेख गरिएको तर गत बर्ष ५० अर्ब आउँछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

   

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार