एक्जिट पोल नमिलेपछि लाइभ शो मै रोए...

मंगलबार, जेठ २२, २०८१
Global Ime Bank

काठमाडौँ । भारतीय लोकसभा निर्वाचनको मत गणना जारी छ । मत गणना जारी रहेका बेला एक्जिट पोल नमिलेपछि इन्डिया एक्सिस एक्जिट पोलका प्रमुख प्रदीप गुप्ता लाइभ टिभीमै रोएका छन् । इन्डिया टुडे टिभीको लाइभ प्रशारणमै उनले एक्जिट पोलको क्रममा गल्ति भएको भन्दै रोएका हुन् । उनले उत्तर प्रदेश, पश्चिम बंगल र महाराष्ट्रमा आफ्नो एक्जिट पोल नमिलेको बताए । एक्सिस इन्डिया भारतको निर्वाचनमा सटिक अनुमान गर्ने एक्जिट पोल मानिन्छ तर यस पटक भने एक्सिस इण्डियाले एनडीएले ३६० देखि ४०१ सीट जित्ने आकलन गरेको थियो । तर अहिलेसम्मको मत गणनामा एनडीए २९५ सिटमा मात्र अगाडी रहेको छ ।
      

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार