बजेटसम्बन्धि छलफलमा अर्थमन्त्री अनुपस्थित, बैठक १५ मिनेटका लागि स्थगित

मंगलबार, जेठ २२, २०८१
Global Ime Bank

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । संसदमा बजेटसम्बन्धि छलफल जारी रहेका बेला अर्थमन्त्री बर्षमान पुन उपस्थित नभएको बताउदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् । बजेट सम्बन्धि छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए । सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केहि समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
   

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार