सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् । उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् । नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।