उत्कृष्ट प्रदर्शनका लागि राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

मंगलबार, जेठ २२, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी-२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय टिमलाई बधाई तथा शुभकामना दिएका छन् । नेपालले आज टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्याण्डसविरुद्ध खेल्दै छ । आज नेपाल इसम्य अनुसार राति ९: १५ बजेदेखि खेल हुदै छ । प्रधानमन्त्रीले नेपाली टिमलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएका छन् । प्रधानमन्त्रीले भनेका छन्- एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ। देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ। मेरो विश्वास छ– विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार