संघीय संसदका दुवै सदनको बैठक बस्दै

मंगलबार, जेठ २२, २०८१
Global Ime Bank

काठमाडौँ । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संबिधान सभा सभासद सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक १: १५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार