संघीय संसदका दुवै सदनको बैठक बस्दै

सोमबार, जेठ २१, २०८१
Global Ime Bank

काठमाडौँ । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक १२: १५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार