प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

बिहीबार, जेठ १७, २०८१
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । विहिबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । प्रधानमन्त्री र नेता खनालबीच करिब एक घण्टाको छलफल पछिल्लो समसामयिक राजनीतिमा केन्द्रित भएको थियो । बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड र खनालको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार