गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ दुई जना बने मन्त्री

बुधबार, जेठ १६, २०८१
Global Ime Bank

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद्  गठन गरेका छन् । पाण्डेले विन्दुकुमार थापा र टकराज गुरुङलाई मन्त्री बनाएका छन् । थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार