कांग्रेसले हावादारी सम्झौता गर्‍याे, जनतासँग माफी माग्नुपर्छ : कमल थापा

बुधबार, जेठ १६, २०८१
Global Ime Bank

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी ठगीको छानबिनमा कांग्रेसले हावादारी सम्झौता गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा अध्यक्ष थापाले यस्तो हावादारी सम्झौता गर्नु थियो भने महिनौं सम्म संसद अवरुद्ध गरेर समय र करोडौं बर्बाद गरेको आरोप लगाएका हुन् । उनले विपक्षी दलहरुले जनतासँग माफी माग्नुपर्ने र खर्चको क्षतिपुर्ति बुझाउनुपर्ने समेत बताएका छन् ।

kamal-1716987312.JPG
 

उनले भनेका छन्- सहकारी विवाद र सम्झौता प्रकरण: यदी यहि हावादारी सम्झौता गर्नुथियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने,समय वर्वाद गर्ने र करोडौं व्यय गराउने कंग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ। किनभने यस्तो सहमतिकोलागि त सरकार धेरै अघि नै तयार थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार