सम्पत्ती कर–व्यावसाय कर बुझाएका वडावासीलाई डष्टविन

बुधबार, जेठ १६, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले सम्पत्ती (घर) कर तथा व्यावसाय कर तिरेका वडावासीलाई डष्टविन उपलव्ध गराएको छ । चालु आर्थिक वर्षको कर तिरेका वडावासीलाई वडा कार्यालयले डष्टविन उपलब्ध गराएको हो । घर–व्यावसायबाट निस्कने फोहोरको उचित व्यवस्थापनमा सहज होस् भन्नाका लागि वडा कार्यालयले कर तिरेका वडावासीलाई डष्टविन उपलब्ध गराइएको वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो । डष्टविनका लागि वडा कार्यालय आइ नाम टिपाएका वडावासीलाई क्रमैसँग उपलव्ध गराउने नीति वडाले लिएको छ ।

WhatsApp-Image-2024-05-29-at-08.09.40-1716949565.jpeg
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार