कांग्रेसले असंसदीय व्यवहार गर्यो- एमाले

बिहीबार, जेठ ३, २०८१

काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गरे । उनले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिडिरहेको आरोप लगाए । उनले कांग्रेसले संसद अवरोध गरिरहे बैठक अगाडी बढ्ने दाबि गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार