सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको प्रतिक्रिया दिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गरेका छन् । लेखकले नीति तथा कार्यक्रम बारे टिप्पणी गर्दै देशमा रहेको आर्थिक मन्दीको बारेमा कुनै कार्यक्रम नै नरहेको बताएका छन् । त्यस्तै उनले लाखौ बचतकर्ताको सहकारीको रकम डुबेको विषय नीति तथा कार्यक्रममा उल्लेख समेत नगरिनुले सरकार बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीका ठगीलाई कारवाही गर्ने विषयमा मौन रहेको बताएका छन् । उनले सरकारले अर्थतन्त्रको विषयमा कमजोर प्रतिबद्धता रहेको बताए । स्वदेशमै रोजगार सिर्जना गर्ने बताउने दल सरकारमा गएर धेरै भन्दा धेरै नेपालीलाई विदेश पठाउने नीति लिएर आएको टिप्पणी गरे । त्यस्तै पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसले उठाएको सहकारी ठगीको विषयमा नीति तथा कार्यक्रम मौन रहेको टिप्पणी गर्दै नीति तथा कार्यक्रम लामो भएको प्रतिक्रिया दिएका छन् । उनले सरकारको भनाई र गराईमा फरक रहेकोले नीति तथा कार्यक्रममा टिप्पणी गर्न आवश्यक नै नरहेको बताए ।