आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

तयारी बारे सभामुख र अध्यक्षबीच छलफल
मंगलबार, जेठ १, २०८१

काठमाडौँ । आज (जेठ १ गते ) संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच छलफल भएको छ । आज मंगलबार बस्ने दुवै सदनको संयुक्त बैठकमा अपराहन्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को अवरोध कायम गर्ने अडान कायम राखेका कारण मंगलबारको बैठक अन्योलमा परेको छ । कांग्रेसको आज बसेको पदाधिकारी बैठकले संसदीय समितिको गठन आफुहरुको बटमलाइन भएको निर्णय गरेको छ र प्रधानमन्त्रीलाई आजसम्म संसदीय समिति गठनको अल्टिमेटम समेत दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार