मन्त्रिपरिषद्मा प्रदीप यादव र हसिना खान इन हुँदा उपेन्द्र यादव आउट 

अशोक राई अध्यक्ष रहेको जसपाबाट दुई मन्त्री थपिए 
मंगलबार, जेठ १, २०८१

काठमाडौं । पार्टी फुटपछि उपेन्द्र यादवले सरकार छाडेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  उनले जसपा नेपालबाट विभाजित नयाँ दल जसपाका दुई नेतालाई सोमबार साँझ मन्त्री नियुक्त गरेका हुन् । प्रदीप यादव मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार ताकिएको हो ।  प्रधानमन्त्री दाहालको सिफारिसमा दुवैलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरेका हुन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा यादवलाई राष्ट्रपति पौडेल र खानलाई प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । पार्टी विभाजनपछि उपेन्द्र यादवले सोमबार नै सरकार छाडेका थिए ।  

Hasina-Khan-1715640861.jpeg
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार