कांग्रेसले बहिष्कार गर्यो कोशी प्रदेश सभा

सोमबार, वैशाख ३१, २०८१

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो । वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन् ।  ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ ।  प्रतिपक्षी दलबाट राप्रपा बैठकमा उपस्थित भएपनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार